पावलले गलातीकाे पुस्तक किन लेखेका हुन्?
पावलले याे पुस्तक गलातीकाे मण्डलीलाई मात्र नभएर गलातीया प्रदेशमा रहेका विभिन्न शहरका मण्डलीहरूलाई लेखेका थिए, जुन मण्डलीहरूकाे पावल आफैले स्थापना गरेका थिए। याे पुस्तक इस्वी संवत ४९–५५ मा लेखेका हुन। साथै पावलले लेखेका पत्रहरूमध्ये पहिलाे पत्र पनि थियाे । गलातीलाई पावलले पत्र किन लेखेकाे थिए भन्ने कुरा याे गलातीकाे पुस्तकमा स्पष्टसँग बुझिन्छ।गलातीमा भएका मण्डलीहरूले भिन्नै सुसमाचारमाथि विश्वास गर्न शुरू गरेका थिए। जस्को कारणले गर्दा पावल आश्चार्यमा पर्दछन्।मण्डलीहरुलाई स्थापना गर्ने बितिकै, अन्त बाट केही यहुदी ख्रीष्टीयनहरु यी मण्डलीहरुमा आएर पवलको शिक्षाको बिरोध गर्न थालेका थिए ।
पावलले चेतावनी दिँदै भन्छन्,"हामीले अघिदेखि नै भनेजस्तै म फेरि अहिले पनि भन्द छु, तिमीहरूले जुन सुसमाचार ग्रहणगरेका छौ, त्येसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस्" (गलाती १ः९)। किनकी "हामी जान्दनछौं, व्यवस्थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर येशू ख्रीष्टनमाथिको विश्वाेसद्वारा धर्मी ठहरिन्छा यसकारण हामीले पनि हाम्रो विश्वाैस ख्रीष्ट येशूमा राख्यौं, ताकि हामी व्यवस्थाका कामद्वारा होइन तर ख्रीष्टेमा राखिएको विश्वामसद्वारा धर्मी ठहरिन सकौं, किनकि व्यवस्थाका कामद्वारा कोही पनि धर्मीठहरिँदैन" (गलाती२ः१६) ।
पावलकाे मुख्य शिक्षाा अनुग्रहबाट विश्वासद्वारा मात्र मानिसले उद्धार पाउन सक्छ (एफिसी २ः८,९) पावलकाे निष्कर्ष एकदमा ठूलाे थियाे, परमेश्वमरको अनुग्रह म पन्सावउँदिनँ, "किनकि व्यवस्थाकाद्वारा धर्मी ठहरिने हो भनेता ख्रीष्टद व्य्र्थैमा मर्नुभयो" (गलाती २ः२१)। यदि हामीले केही गर्न सक्दछाैं भने, येशू किन मर्नुपर्याे ? यसरी लेखिएकाे छ, “व्यषवस्थादको पुस्तभकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्छे" (गलाती ३ः१०) ।
तर यी भुलमा परेका यहुदी ख्रीष्टीयनहरूले गलातीहरूलाई सिकाए कि उद्धार पाउनलाई परमेश्वरकाे अनुग्रहले मात्र पुग्दैन् । तर यहुदी व्यवस्था पनि मान्न अावश्यक छ । केही यहुदी ख्रीष्टीयनहरूले गलातियाका मण्डलीहरूमा आएर अन्यजाति ख्रीष्टीयनहरूलाई झुटाे शिक्षाा सिकाउँछ । तिमीहरूले उद्धार पाउनलाई खतना गर्नुपर्छ र माेशाकाे सम्पूर्ण व्यवस्थालाई पालन गर्नुपर्छ भने (गलाती ६ः१२, प्रेरित १५ः१)। याे झुटा शिक्षाा भएकाे कारणले गलातीहरूका सम्बन्धमा पावललाई ठूलाे चिन्ता थियाे, किनभने गलातीहरूले यस्ताे शिक्षा मानेका थिए भने पावलकाे अनुग्रहकाे सुसमाचार बेकम्मा हुन जानेथियाे । जुन अनुग्रह गलातीहरूले पाएका थिए, त्याे अनुग्रह यस झुटा शिक्षाले गर्दा तिनीहरूले गुमाउन लागेका थिए ।
तसर्थ पावलले यस्ताे नयाँ सुसमाचार झुटाे शिक्षाकाे खण्डन गर्नुका साथै कामले उद्धार दिँदैन तर ख्रीष्टमा राखेकाे विश्वास र अनुग्रहले मात्र उद्धार मिल्छ भनेर गलातीहरूलाई याे पत्र लेखे ।